राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !

पत्रपत्रिकाबाट

शुक्रबार, २२ भदौ २०७५, ०८ : ४१
राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड !

प्रमुख चार राजनीतिक दलले कानुन उल्लघंन गरेवापत राज्यलाई एक करोड ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।

राष्ट्रियराजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो । पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहेका सदस्यले निर्वाचन भएको दुई महिनाभित्र आफ्नो चलअचल सम्पत्ति पार्टी मुख्यालयमा बुझाउनुपर्ने निर्वाचन आयोगको कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो ।

चारै दलका कुनै पनि पदाधिकारी र केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा सम्पत्ति विवरण बुझाएका छैनन् । यसरी सबैभन्दा धेरै जरिवाना राजपाले तिर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कांग्रेसको भागमा परेको छ ।,यो खबर आजको राजधानीदैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस