कर उठाउनु सरकारको आधारभूत दायित्व : राजस्व सचिव

विहीबार, २१ भदौ २०७५, १७ : ५९
कर उठाउनु सरकारको आधारभूत दायित्व : राजस्व सचिव

काठमाडौं । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै राजस्व सचिव शिशिर ढुंगानाले कर उठाउनु सरकारको आधारभूत दायित्व भित्र पर्ने बताएका छन् ।  
सरकारले सम्भावित आम्दानीको स्रोत खोज्ने भएकाले आवश्यक क्षेत्रमा मात्र आफूहरुले कर बढाएको  ढुंगानाले बताए । उनले भने, ‘कौटिल्य, अरस्तु, प्लेटोलाई हेरौं उनीहरुकै पालादेखि उठाउन शुरु भएको हो । हामीले राजस्वको दर बढाएका छैनौ, व्यक्तिगत आयमा परिवर्तन गरेका हौ । कर्पोरेटतर्फ परिवर्तन गरेका छैनौ ।  व्यक्तिगततर्फ १५ प्रतिशतको स्ल्याबलाई १० प्रतिशतमा झारेका हौ । मूल्य अभिबृद्धि दरको करलाई बढाएका छैनौ ।’
सरकारले जानेरै इनर्जी ड्रिङ्स र सवारी साधनमा कर बढी लगाएको बताएका छन् ।  भन्सारतर्फको कर केही बढेको बताउँदै उनले जानेरै इनर्जी ड्रिङ्समा कर लगाएको बताए । उनले भने, ‘हाम्रो देशमा इनर्जी ड्रिङ्स धेरै ल्याउनु जरुरी छैन । सवारी साधानमा पनि १५० सिसिभन्दा माथिका मोटरसाइकल र १ हजार सिसिभन्दा माथिका गाडीलाई जानेर कर बढाएका हौं । यो हामीले समतामुलक कर प्रणालीको आधार तयार गरेका हौं । त्यो भन्दा बढी कर लगाएका छैनौँ ।’
उनले सरकारले दीर्घकालिन वैदेशिक लगानी खोजिरहेको पनि बताए । बंगलादेशले नेपालसँग डिटिए गर्न इच्छुक भएको र संयूक्त राज्य ९युके० सँग डिटिए गर्न सरकार तयार रहेको पनि उनको भनाई थियो ।
लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तले अर्को देशको लगानीका लागि हतारिएर सम्झौता गर्ने तर त्यसको फलो नगर्ने प्रवृत्तिका कारण सोचेजस्तो वैदेशिक लगानी भित्रन नसकेको बताए । लगानीका लागि दुई देशविचको ८० वटा सम्झौता भारतले गरेको बताउँदै उनले भने, ‘हामीले अहिले पाँच वटा देशसँग मात्र विप्पा सम्झौता गरेका छौ ।’ बिप्पा सम्झौता बढाउँदै लैजानुपर्ने उनले बताए ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले  वैदेशिक लगानी आवश्यक भएको तर त्यस्ता लगानी उत्पादनशिल क्षेत्र र रोजगार सृजना गर्ने क्षेत्रमा हुनुपर्ने बताए  ।

प्रतिक्रिया दिनुहोस