काठमाडौँ। गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको ४ पटक उडान हुने भएको छ ।हाल हप्तामा २ पटक मात्रै उडान हुँदै आएकामा आगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो ।
यात्रुको अत्यधिक चाप भएपछि बुधवार र शुक्रवार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो ।अझै पनि यात्रुको चाप अत्यधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनः सम्झौता गर्ने तयारी गरिएको उनले बताए ।
रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन् । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकांश गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ माघ २०८०, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलमा उडान थप