गुल्मी । रेसुङ्गा विमानस्थलमा एक महिनादेखि लगातार उडान अवरुद्ध भएको छ । खराब मौसमका कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।
नेपाल एयरलाइन्सको ट्वीनेटर जहाजले हप्ताको २ दिन बुधबार र शुक्रबार उडान गर्दै आएको छ । चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिन पाएका छैनन् ।
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आउन दुई हप्ता दिन मात्रै समय बाँकी छ । यही समयमा वर्ष दिनदेखि टाढा रहेका आफन्तहरु घर फर्किने समय पनि हो ।यो समयमा हवाई यात्रामार्फत आफ्नो गनतव्यमा जाने कयौं नेपालीहरु रहेका छन् । तर, अहिले यही समयमा मौसम खराब देखाएर रेसुङ्गा विमानस्थलबाट उडान हुन सकिरहेको छैन् ।
महत्वपूर्ण चाड पर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिक असन्तुष्ट छन् ।रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।
बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुँदै आएको छ । यसको विकल्प खोज्नु पर्ने स्थानीयको माग छ ।वर्षातको समयमा बिग्रेका र नयाँ बाटो विस्तारले बाटोले गर्दा काठमाडौंबाट गुल्मी आउन १२ घण्टाको बाटो अहिले झण्डै २२ घण्टा सवारी साधनमा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ ।
मौसम खराबको कारणले गत असारको दोस्रो साताबाट २ मिहनासम्म उडान अवरुद्ध हुँदै आएको थियो ।पछिल्लो भदौ महिनामा केहि दिन उडान भएको थियो । तर, अहिले दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्वको समयमा लगातार उडान अवरुद्धा हुँदा नागरिकले सेवा लिनबाट बञ्चित भएका छन् ।
यात्रुको अत्याधिक चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको छ ।तर, पछिल्लो केही समयदेखि शुक्रबार मात्रै उडान भइरहेको स्टेशन प्रमुख थापाले बताए । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तर्राष्ट्रिय पर्यटन भित्रिन थालेका थिए ।
अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।
जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यवसायिक उडान शुरु गरिएको थियो ।
गुल्मीबाट धेरै जसो वृद्ध, बिरामी, सुत्केरीलगायतका नागरिकले सेवा लिएको थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ कार्तिक २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलमा उडान थप