काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। शुक्रबार शितल निवासमा उनीहरूले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्।
भेटमा राष्ट्रपति पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न नेताहरूको ध्यानाकर्षण गराएका छन् ।
पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरु पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराएकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उर्जा राज्यमन्त्री बर्खास्त गर्नु अघि प्रधानमन्त्रीको परराष्ट्रमन्त्रीसँग फोन सम्वाद
प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा
प्रधानमन्त्री ओलीद्वारा पहलगाममा आतंकवादी हमलाको निन्दा
प्रधानमन्त्री ओलीको दोहोरो चालबाजी : चीनसँग एउटा, भारतसँग अर्काे प्रस्ताव
मिडिया ट्रायल गर्दा आलोचना भएपछि ब्याक हटे प्रधानमन्त्री ओली
प्रधानमन्त्रीका आईटी सल्लाहकार खुशी पार्न नसक्दा शुरु देखि नै शिक्षामन्त्रीमाथी थियो दबाव