काठमाडौ । नेपालले आईसीसी-यू १९ विश्वकपअघि दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ। दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो जित हो।
जितका लागि १ सय ४२ रन पछ्याएको नामिबिया २९.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो।
नामिबियाका कप्तान बसिंग वोल्स्चेंकले ४९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५० रन बनाए।
नेपालका गुलशन झाले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए भने आकाश चन्दले ५.५ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। यस्तै दुर्गेश गुप्ताले ६ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। वर्षाका कारण खेल ३० ओभरमा छोट्याइएको थियो।
नेपालका लागि १०औँ नम्बरमा आएका दीपक डुम्रे २२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहे।
ओपनर अर्जुन कुमाल १, विपिन रावल २०, देव खनाल डक, गुलशन झा ३, दीपक बोहरा ५, उत्तम थापा मगर १२, आकाश त्रिपाठी २१, विशाल विक्रम केसी १४ तथा दीपक बोहरा १५ रनमा आउट भए।
नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २/२ विकेट लिए।
नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो। नेपालले अब जनवरी १३ मा स्कटल्यान्ड र १६ मा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ।
जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’मा छ। यो समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपमा छनोट भएका सावित्रा र स्नेहा सम्मानित
विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा
मध्यरातमा जब विश्वकप हेर्न बसे प्रधानमन्त्री प्रचण्ड
विश्वकपमा भिड्दै नेपाल, पहिलो प्रतिस्पर्धा नेदरल्यान्ड्ससँग
विश्वकप उद्घाटन खेलमा क्यानडाविरुद्ध अमेरिकाको जित
विश्वकपअघि क्यानडाद्वारा प्रशिक्षक पुबुदु दासानायके बर्खास्त