मध्यरातमा जब विश्वकप हेर्न बसे प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, २३ जेठ २०८१, ०९ : २५
मध्यरातमा जब विश्वकप हेर्न बसे प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपालको पहिलो प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्डले पनि राति अबेरसम्म नसुती चाखपूर्वक हेरेका छन्। 

मंगलबार राति नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेको थियो। राति सवा ९ बजे सुरु खेल सकिँदा करिब १ बजेको थियो। 

सो प्रतिस्पर्धा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित आफ्नो सरकारी निवासमा टीभी हेर्दै सामाजिक सञ्जालमार्फत नेपाली खेलाडीहरूलाई हौसला दिएका हुन्। जुन तस्बिर प्रधानमन्त्री प्रचण्डले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

खेल चरिहेका बेला उनले लेखेका थिए, ‘नेपालको विश्वकप यात्रामा रोमाञ्चक क्षण आउँदै छ। नेपाली टिमका खेलाडी साथीहरू! म तपाईंहरूको साथमा छु, सिंगो देश तपाईंहरूको साथमा छ।’