एजेन्सी । आरोन जोन्सको विस्फोट ब्याटिङमा संयुक्त राज्य अमेरिकाले आईसीसी टी-२० विश्वकपको डेब्यु खेलमै जित हासिल गरेको छ।
नेपाली समयानुसार आइतबार बिहान भएको विश्वकप उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको हो।
अमेरिकाविरुद्धको खेलसँगै क्यानडाले पनि विश्वकपमा डेब्यु गरेको छ।
क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले ३ विकेटको क्षतिमा १४ बलअगावै भेट्टायो।
अमेरिकाका लागि आराने जोन्स ९४ र केरि एन्डरसन ३ रनमा नटआउट रहे। जोन्सले ४० बलमा ४ चौका र १० छक्का प्रहार गरे। एड्रिस जोसले ६५ रनको योगदान दिए। उनले ४६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
ओपनर स्टेभन टेलर शून्य रनमै करिम सानाको बलमा एलबीडब्ल्यू धरापमा परे। अर्का ओपनर तथा कप्तान मोनांक पटेल १६ रनमा क्याच आउट भए। क्यानडाका लागि करिम साना, डिलोन हेलिंगर र निखिल दत्ताले समान १/१ विकेट लिए।
त्यसअघि अमेरिकाको डलास्थित ग्रान्ड प्रेरी स्टेडियममा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९४ रनको योगफल तयार पारेको थियो।
क्यानडाका लागि नवनित डालिवालले ६१ रनमा क्याच आउट भए। उनले ४४ बलमा ६ चौका र ३ छक्का हाने। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्का सहयोगमा ५१ रन बनाए।
ओपनर आरोन जोनसनले २३ र श्रेयास मोभ्याले ३२ रन बनाए। दिलप्रित बज्वा ११ रन बनाउँदा रन आउट भए। श्रेयास मोभ्या ३२ र डिलोन हेलिंगर १ रनमा नटआउट रहे।अलि खान, हरमित सिंह र केरि एन्डरसनले समान १/१ विकेट लिए।
विश्वकपअन्तर्गत आजै हुने दोस्रो खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यु गिनी भिड्दै छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० जेठ २०८१, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपमा छनोट भएका सावित्रा र स्नेहा सम्मानित
विश्वकप छनौट: नेपाल र यमन २-२ को बराबरीमा
मध्यरातमा जब विश्वकप हेर्न बसे प्रधानमन्त्री प्रचण्ड
विश्वकपमा भिड्दै नेपाल, पहिलो प्रतिस्पर्धा नेदरल्यान्ड्ससँग
विश्वकपअघि क्यानडाद्वारा प्रशिक्षक पुबुदु दासानायके बर्खास्त
नेदरल्याण्डसको टी-२० विश्वकप खेल्ने टिमको घोषणा