पृथ्वीनारायणका अर्थतन्त्र, परराष्ट्रलगायत नीति अझै सान्दर्भिक : देउवा

सफल खबर संवाददाता

शुक्रबार, २७ पुस २०८०, ०७ : ३१
पृथ्वीनारायणका अर्थतन्त्र, परराष्ट्रलगायत नीति अझै सान्दर्भिक : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहले अवलम्बन गरेका अर्थतन्त्र, परराष्ट्रलगायत कतिपय नीतिहरू अझपनि सान्दर्भिक रहेको बताएका छन् ।

शुक्रबार ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरे । 

‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरूलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका शाहले अवलम्बन गर्नु भएका स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेका छन्,’ देउवाले भनेका छन् । 

उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसले नेपाल र नेपालीको पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्राप्त होस् भन्दै शुभकामना दिएका छन् । 

प्रतिक्रिया दिनुहोस