काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक सुरु भएको छ । आजदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत, आगामी महाधिवेशनको तयारीका साथै सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनेछन् ।
यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि बस्ने पार्टी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको रिटमा आज सुनुवाइ हुँदै
जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव
जसपा विभाजनको निर्णय यथास्थितिमा राख्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश
जसपा नेपालको केन्द्रीय समिति बैठक आज
जसपाले २ मन्त्री र १ राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई पठायो
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी