काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको काटिएको बिजुली जोड्न गृहकार्य थालेको छ । डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषदको बैठकले हिजो समिति बनाएको थियो । साथै उद्योगहरूको काटिएको विद्युत् हाललाई जोड्न निर्देशन दिएको थियो ।
प्राधिकरणका उपकार्यकारी एवं वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले प्राधिकरणलाई अहिलेसम्म लाइन जोड्ने विषयमा पत्र भने आइनसकेको बताए । तर, कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन जोड्न निर्देशन दिइसकेको उनले बताए ।
उनले भने, ‘अहिलेसम्म बक्यौता तिर्न बाँकी रहेको उद्योगहरुको कटिएको लाइन जोड्न आधिकारीक पत्र आएको छैन् । तर, कार्याकारी निर्देशकले भने उद्योगको लाइन जोड्न निर्देशन दिनुभएको छ । काटिएका उद्योगहरुको लाइन जोड्ने काम एक-दुई दिनमा नै सकिन्छ ।’
प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको थियो । भने, ६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताएको थियो । बक्यौता रकम किस्ताबन्दीमा तिर्ने प्रतिवद्धतासहित पहिलो किस्ता तिरेपछि हिमाल स्टीलको भने लाइन जोडिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत प्राधिकरण चितवनको डिजिटल बाेर्डमा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्द– सीडीओले सोधे स्पष्टीकरण
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
पछिल्लो ६ महिनामा ११ अर्बभन्दा बढी नाफा गरेको प्राधिकरणको दाबी
विद्युत प्राधिकरणमा खुल्यो १०८३ जनालाई स्थायी रोजगारी
उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी