काठमाडौ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि उम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि छानबिन हुँदैछ।
राष्ट्रियसभाको आगामी फागनु २० गतेबाट रिक्त हुन लागेको २० सिटका लागि गएको सोमबार मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रियसभाका २० सिटका लागि विभिन्न राजनीतिक दलबाट ५२ जनाको उम्मेदवारी परेको छ। ५२ मध्ये दुई जना उम्मेदवारविरुद्ध मात्रै उजुरी परेको आयोगले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णालीमा माओवादी केन्द्रबाट दलित क्लस्टरमा उम्मेदवारी दिएका विष्णुबहादुर विकविरुद्ध उजुरी परेको छ।
भट्टविरुद्ध अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा विकविरुद्ध प्रतिनिधि सभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
यसपछि नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २७ गते आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आयोगले पुस २८ गते चुनाव चिह्न दिनेछ।
यसपछि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम छ। राष्ट्रिय सभा निर्वाचनका लागि २ हजार ४७ मतदाता छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
राष्ट्रिय सभाको गुनासो : प्रतिनिधि सभाले विधेयकहरू अड्काइदियो
राष्ट्रिय सभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबिच भेट
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाबाट पारित टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल