काठमाडौँ। नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका प्रदेश सभा सदस्यहरू संसदीय दलको नेता र मन्त्री फेरबदल गर्न माग गरेका छन् । माओवादीबाट निर्वाचित प्रदेश सभा सदस्यहरूले शनिबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर दलको नेता र मन्त्री फेर्नुपर्ने माग गरेका हुन् ।
बालुवाटार भेटमा सहभागी प्रदेश सभाका सदस्य अक्कलबहादुर रावलले दल र सरकार शुद्धीकरण गर्नुपर्ने कुरा गरेको बताए । ‘आज हामीले अध्यक्ष र उपाध्यक्ष कमरेडलाई भेटेर दल र सरकारमा शुद्धीकरण गर्नुपर्छ भनेका छौँ’, रावलले भने, ‘हाम्रो एजेण्डालाई उहाँहरूले सकरात्मक रूपमा लिनुभएको छ ।’ बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’ र गृहमन्त्री तथा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटेका सांसदहरुले सकारात्मक जवाफ पाएको बताएका छन् ।
प्रधानमन्त्रीलाई भेट्न सभामुख भीमबहादुर भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीता माल, प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, सरल, लक्ष्मी विक बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको भेटमा प्रदेश संसदीय दलका नेता खगराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशबहादुर धामी, सामाजिक विकास मन्त्री झपटबहादुर साउद र प्रदेश सभा सदस्य जानकीदेवी पौडेल कुँवर थिएनन् ।
सुदूरपश्चिम प्रदेश सरकार विस्तारका क्रममा संसदीय दलका नेता खगराज भट्ट, प्रदेश सभा सदस्य अक्कलबहादुर रावल र ओमबिक्रम भाट मन्त्री बन्ने चर्चा थियो तर उनीहरुलाई सरकारमा नपठाएपछि माओवादी केन्द्र सुदूरपश्चिममा असन्तुष्टि बढेको थियो । प्रदेश सभामा सभामुखसहित माओवादी केन्द्रसँग ११ जना सांसद छन् । उनीहरु मध्ये ७ जनाले प्रधानमन्त्रीलाई भेटेर नेता र मन्त्री फेर्नुपर्ने माग अघि सारेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ पुस २०८०, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको छ : माधव सापकोटा
स्थानीय उपनिर्वाचन अघि माओवादी केन्द्रीय समिति बैठक नबस्ने
माओवादीको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने
माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी
बंगलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउने ‘प्रचण्ड’को प्रतिबद्धता
बजेटले मुलुकको अर्थ प्रणालीलाई लयमा ल्याउँछ : देवेन्द्र पौडेल