एजेन्सी । इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवा बराबरी भएका छन्।
गएराति भएको प्रतिस्पर्धामा दुवै टोलीले एक–एक गोल गरेका हुन्।
बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट गुडमन्डसनले गोल गरेका हुन्।
खेलको २०औँ मिनेटमा जेनोवाले सुरुवाती गोल गरेको थियो भने दोस्रो हाफको इन्जुरी समयमा बोलोग्नाले गोल फर्काउँदा बराबरी भएको हो।
योसँगै बोलोग्ना १९ खेलबाट ३२ अंकसहित पाँचौँ स्थानमा तथा जेनोवा २२ अंक जोडेर १२औँ स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ पुस २०८०, ०८ : २३
लेखकबाट थप