सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको व्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनस्थापना भएरै छाड्ने दाबी समेत गरे ।
पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षणको सुर्खेतको बिरेन्द्रनगरमा शुक्रबार उद्घाटन गर्दै थापाले सबै राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी शक्तिहरुबिच एकता र मोर्चा निर्माण गरी आन्दोलनको आधिबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिए । राप्रपा सत्ता केन्द्रित भएर अघि बढ्न खोज्नु दुर्भाग्यपूर्ण भन्दै द्वैध नीति त्यागी आन्दोलनको बाटोबाट मात्र अघि बढ्न उनले सुझाव समेत दिए ।
आन्दोलनको विकल्प नभएको भन्दै थापाले बृहत मोर्चा निर्माण गरी आन्दोलनमा जान आफूले भूमिका खेलिरहेको थापाको भनाइ छ । कार्यक्रममा उपाध्यक्ष गोविन्द विक्रम शाह, ईश्वर श्रेष्ठ ,धनबहादुर थापा , सूर्य शाही, जीवन चन्द लगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा
पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक :- कमल थापा
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?