काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हिजो आफूहरूले कोशी प्रदेशमा नेकपा एमालेसँग सहकार्य गर्दा विरोध गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न खोजेको बताएका छन् ।
कोशी प्रदेशमा एमालेसँग सहकार्य गर्दा गठबन्धन धरापमा परेको भन्नेहरू नै आज एमालेसँग सहकार्य गर्न लागेको उनको आरोप छ ।उनले भनेका छन् –'हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् ।
कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । 'साथै उनले प्रमुख प्रतिपक्षी दल भएर पनि सरकारसँग भाग खोजेकोमा एमालेको समेत आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ पुस २०८०, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला बेलायत जाँदै, संसद् भवनभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्ने
सरकारलाई सफल बनाउन सबैको साथ जरुरी छ : शेखर कोइराला
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
अस्थिरताका कारण देशमा संकटको खतरा बढेपछि कांग्रेस-एमाले मिल्नुपर्यो : डा. कोइराला
बाढीपहिरो पीडितका पक्षमा प्रभावकारी काम गर्न शेखरकाे माग
कांग्रेस र एमालेबीचको सहमतिले मुलुकले निकास पाउँछ : डा.कोइराला