काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायामन्त्रीको भूमिकाबारे समेत छानबिन गर्न निर्देशन दिएको छ ।
समितिको सोमबारको बैठकमा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको समे असावधानीका कारण घटना भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि समितिले छानबिन गर्ने निर्देशन दिएको हो ।
समितिले बालकुमारी घटनबारे जवाफ दिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी अधिकारीहरूलाई बोलाएको थियो । समितिले मृतकका परिवारले क्षतिपूर्तिको थप व्यवस्था गर्ने दुवैका परिवारलाई रोजगारीको अवसर दिलाउन पनि सरकारले निर्देशन गरेको छ । सभापति रामहरि खतिवडाले घटनासँग सम्बन्धित साना कर्मचारी मात्र निलम्बन हुने र अरु उम्किने अवस्था सिर्जना नहुने र काम गर्नेहरूको मनोबल पनि कमजोर नहुने गरी समस्याको समाधान गर्न न्यायोचित काम गर्न पनि निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई
अध्ययनकको क्रममा रहेको बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि निर्णय लिन्छुः प्रधानमन्त्री प्रचण्ड