काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागि ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको न्यायको लागि धनगढीमा प्रदर्शन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मृतक शाहका आफन्तहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले त्यस क्रममा नाराबाजीसमेत गरेका थिए ।
मृतकका आफन्तले न्याय माग्दै धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शन गरेका थिए ।बालकुमारी घटनामा मृत्यु भएका दुवै जनालाई शहीद घोषणा गर्न पनि माग गरिएको छ । मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक–एक जनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।
यसअघि शनिबार मृतकका परिवारले ११ बुँदे मागपत्र प्रधानमन्त्रीलाई बुझाउँदै उचित क्षतिपूर्ति दिनुपर्नेतर्फ ध्यानाकर्षण गराइसकेका छन् । आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनिती गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ ।
घटनास्थलको सीसीटीभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।
यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मृतकका परिवारलाई २-२ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, २० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई
अध्ययनकको क्रममा रहेको बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि निर्णय लिन्छुः प्रधानमन्त्री प्रचण्ड