काठमाडौँ । नेपाली कांग्रेसले ललितपुरको बालकुमारी घटनामा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले उच्चस्तरीय छानबिन समिति गठनको निर्णय गरिएको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
गएको शुक्रवार बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ । तर कांग्रेसले न्यायिक आयोग गठनको माग गरेको छ ।
कांग्रेसले मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको माग पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई
अध्ययनकको क्रममा रहेको बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि निर्णय लिन्छुः प्रधानमन्त्री प्रचण्ड