सुर्खेत । काठमाडौंको बालकुमारीमा भएको घटनाको विरोध गर्दै सुर्खेतमा ‘युवा विद्रोह’ जनसंघर्ष समितिले एक घण्टा चक्काजाम गरेको छ । समितिले सुर्खेतको वीरेन्द्रनगर बजारको यरीचाेकबाट र्यालीसहित मंगलगढी पुगेर एक घण्टा चक्काजाम गरेको हो ।
शनिबारदेखि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै सुर्खेतमा ‘युवा विद्रोह’ले प्रदर्शन गरिरहेका छन् । ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि सुर्खेतमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रर्दशन गर्दै आएका हुन् ।
शनिबार सडकमा उत्रिएर यहाँका स्थानीहरुले प्रदर्शन थालेका हुन् । उनीहरुले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, गृहमन्त्री र भौतिक मन्त्रीले राजीनामा दिनुपर्ने जस्ता मागहरु राख्दै प्रदर्शन गरिरहेका छन् ।
सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेन्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका छन् । उनिहरुले मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेन्टी हुनुपर्नेलगाएतका माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्ने जिम्मा दुई मन्त्रीलाई
अध्ययनकको क्रममा रहेको बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि निर्णय लिन्छुः प्रधानमन्त्री प्रचण्ड
बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ
बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन हेरेपछि थप कारबाही गरिन्छ
जाँचबुझ आयोगले बुझायो बालकुमारी घटनाको प्रतिवेदन