प्रहरीले छोड्यो बालकुमारी घटनामा नियन्त्रणमा लिएका सबैलाई

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०८०, १२ : ४८
प्रहरीले छोड्यो बालकुमारी घटनामा नियन्त्रणमा लिएका सबैलाई

काठमाडौँ । बालकुमारी घटनामा प्रहरीले नियन्त्रणमा लिएको सबैलाई छाडेको छ। शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता (डिआइजी) कुबेर कडायतले जानकारी दिए।

शुक्रबार इपिएस भाषा परीक्षाको विवादमा चर्किएको प्रदर्शनबाट प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको थियो। शनिबार साँझसम्म सबैलाई छाडिएको डिआइजी कडायतले जानकारी दिए। घटनामा दुई जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस