एजेन्सी । युक्रेनसँगको युद्ध सुरु भए यता रुसले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
रुसले शुक्रबार बिहानैदेखि कीएभ, ओदेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गर्दा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
रसियाले आफ्नो भण्डारमा भएका लगभग सबै प्रकारका हतियारहरू प्रयोग गरेर घरहरू र प्रसूति अस्पताललाई लक्ष्य बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । युक्रेनको वायुसेनाले एकैपटक यति धेरै मिसाइल प्रक्षेपण गरेको कहिल्यै नदेखेको बताएको छ ।
हालका महिनाहरूमा कीएभको हवाई प्रतिरक्षामा ठुलो सुधार भएको छ, तर शुक्रबार तिनीहरूले पनि काम गर्न सकेनन् । वायुसेनाका प्रवक्ताले भने, ‘रुसले हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरेको छ, जसमा एक्स -२२ प्रकार पनि छ, जसलाई रोक्न गाह्रो छ। हामीले एकै पटक यति धेरै मिसाइलहरू प्रहार गरेको देखेका थिएनौँ,’ उनले थपे। वायुसेनाले १५८ मध्ये ११४ क्षेप्यास्त्र र ड्रोनहरू खसालेको बताएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १४ पुस २०८०, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पत्रकार हत्या र मिडियामाथिको आक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका
इजरायलको आक्रमण : एकै दिन ७० जना मारिए
युक्रेनमा रुसी आक्रमण तीब्र, २५ जना मारिए
बाघको आक्रमणबाट सप्तरीमा ३ जना घाइते, नियन्त्रणको प्रयास जारी