चितवन मदिरा व्यवसायी संघमा पान्डे

सोमबार, १८ भदौ २०७५, १७ : १८
चितवन मदिरा व्यवसायी संघमा पान्डे


चितवन । चितवन मदिरा व्यवसायी संघको पाँचौ साधारण सभा तथा प्रथम अधिवेशन सोमबार चितवनको ज्ञानेश्वर सामुदायिक वनमा सम्पन्न भएको छ । सभाले गोविन्द पाण्डेको अध्यक्षतामा १३ जना कार्यसमिति निर्विरोध चयन गरेको छ । जसमा उपाध्यक्षमा निरेसकुमार सिंह,  महासचिव राम बस्नेत, सचिव निर्मल शर्मा, कोषाध्यक्ष लेखनाथ पौडेल रहेका छन् । 
त्यसैगरी कार्यसमिति सदस्यहरुमा नमराज रेग्मी, तुलनारायण श्रेष्ठ, युवराज क्षेत्री, रामबावु रेग्मी, सुरज हमाल, यमबहादुर गुरुङ, टेकनारायण शर्मा र अमिता भट्टराई रहेका छन् । चितवन मदिरा व्यवसायी संघका निर्वाचित अध्यक्ष गोविन्द पाण्डेले करको बारेमा छलफल गरेर सहज तरिकासँग समाधान गर्ने बताए । सबै एकजुट भएपछि करका समस्या समाधान गर्न सजिलो हुने र आफ्नो कामलाई सहयोग गर्न सबै व्यावसायिक सदस्यहरुलाई आग्रह गरे ।
उद्घाटन कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनमा अध्यक्ष सहनलाल प्रधानले मदिरा व्यवसायीहरुले भोग्दै आएको समस्या बारेमा सम्वोधन गरेका थिए । उनले मदिरा व्यवसायलगायत अन्य व्यवसायमा कर लगाउँदा व्यवहारिक नभएकोे र सोको बारेमा आफुले महानगरपालिकासँग छलफल गरेर व्यवहारिक बनाउने प्रयास गरेको बताए ।  
उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष भोजराज कौडालले आफ्ना व्यवसायहरुमा आएको समस्याहरु सबै मिलेर समाधान गर्नको लागि संधैको अवधारण भएको भन्दै यस्ता संघहरु एकजुट भएपछि आफ्नो समस्या आफै समाधान गर्न सक्ने बताए ।  
उद्योग वाणिज्य संघ चितवनकाका पूर्वअध्यक्ष प्रचण्डलाल श्रेष्ठले व्यवसायमा आइपर्ने समस्याहरु यसरी नै एकजुट भएपछि एउटै छातामुनी रहेर समाधान गर्न सक्ने भन्दै सबै एकजुट भएपछि सबै कुराको समाधान गर्न सजिलो हुने बताए । कार्यक्रममा चितवन मदिरा व्यवसायी संघमा आवद्घ सदस्यहरुले आ–आफ्नो व्यवसायको समस्याको बारेमा मन्तव्य दिएका थिए । विभिन्न ठाउँमा बिना दर्ता संचालन भएका पसलहरुले गर्दा आफुहरु मारका परेको उनीहरुको गुनासो थियो । त्यसैगरी डिलर होलसेल र खुद्रा व्यापारीहरुमा समन्वय नहँुदा, मूल्यमा एकरुपता नआउँदा पनि व्यवसायमा असर पुग्ने र ठूला डिर्पामेन्टरहरुले कम मूल्यमा बिक्री गर्दा मदिरा व्वयसायिहरुलाई गाह्रो भएको उनीहरुले गुनासो गरेका थिए । 

प्रतिक्रिया दिनुहोस