मिस नेपाल हङकङको उपाधि अञ्जना पुनलाई

सफल खबर संवाददाता

मंगलबार, १० पुस २०८०, १५ : ५१
मिस नेपाल हङकङको उपाधि अञ्जना पुनलाई

काठमाडौं । मिस नेपाल हङकङको उपाधि अञ्जना पुनले जितेकी छन् । सोमबार आयोजित ग्राण्ड फिनालेमा सीमा गुरुङ फस्ट रनर-अप र सेरेना राई सेकेण्ड रनर-अप घोषित भए ।

यो प्रतिस्पर्धालाई मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले समेत मान्यता दिएको छ । फिनालेमा सहभागि हुन हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकार र कोरियोग्राफर रचना गुरुङ शर्मा पनि हङकङ पुगेका थिए । यी दुबैजना जजको रुपमा सहभागि थिए ।

मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको प्रतिस्पर्धा डायस्पोराको ठूलोमध्येको एक सौन्दर्य प्रतियोगिता हो । उक्त फिनालेको होस्टमा मिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री सुभेच्छा खड्का थिइन् ।

प्रतिक्रिया दिनुहोस