काठमाडौँ । लोक दोहोरी गायक एवं सर्जक कृष्णप्रसाद गौतमको मुग्लिन हुँदै पोखरासम्म बोलको गीत सार्वजनिक भएको छ ।
युवा युवती बीच हुने प्रेम आकर्षण र भेटघाट गर्ने विषयलाई गीतको टुक्का मिलाएर सिर्जना गरिएको गीत दिवान किनार अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
सर्जक स्वयं गौतम र गायिका लक्ष्मी बिसीको आवाज समेटिएको यो गीतको शब्द दिवान किनारले लेखेका हुन् भने सङ्गीत गायक गौतमले तयार पारेका हुन् । गायक गौतमले यस अघि समेत लास आउँछ बाकस, फेवा तालमा हिमालको छाया लगायत गीत गाएका छन् ।
गीतको भिडियोमा चर्चित मोडेल आयुष्मा कार्की र प्रतीक सिंको अभिनय देख्न सकिन्छ । तनहुँको च्याँचुलमा छायाङ्कन गरिएको गीतको भिडियो अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक विक्रम चौहानले निर्माण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०८०, १३ : ३६
लेखकबाट थप