१३ लाख भारु सहित युवक पक्राउ

सोमबार, १८ भदौ २०७५, १२ : २५
१३ लाख भारु सहित युवक पक्राउ

झापा : काँकडभिट्टा नाकाबाट ठूलो परिणाममा भारतीय रूपैयाँसहित एक नेपाली युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुर निवासी ३२ वर्षीय रविन्द्र बज्राचार्य रहेको प्रहरीले जानकारी दिएको छ।  

सशस्त्र प्रहरी हेकुवा राजस्व गुल्म काकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेश घिमिरेका अनुसार बज्राचार्यलाई १२ लाख ८० हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको हो।

मेचीनगर नगरपालिका–६ स्थित भन्सार चेकपोइन्टमा चेकजाँचका क्रममा उक्त रकम फेला पारिको प्रहरीले जनाएको छ।

उनले सो रकम भारतबाट नेपाल भित्र्याई  काठमाडौं लैजान लागेको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताएका छन्।

बरामद गरिएका भारतीय रुपैयाँ ५०, १०० र २०० का नोट छन्।  

पछिल्लो समय झापा र भारतको पश्चिम बंगाल सीमावर्ती बजार क्षेत्रमा नक्कली नोट र नक्कली सुन कारोबार हुन थालेपछि सीमामा प्रहरी सक्रियता बढेपछि भारतीय नोट फेला परेको हो।
 

प्रतिक्रिया दिनुहोस