काठमाडौँ । चालु वर्षको साउनदेखि मङ्सिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । सोही अवधिमा ६३ अर्ब २० करोड ७४ लाख वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा आयात र निर्यात दुवै घटेको हो । गत आर्थिक वर्ष साउन-मङ्सिरसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख रुपैयाँको वस्तु आयात गरिएको थियो भने सोही अवधिमा ६७ अर्ब ३० करोड ४५ लाखको वस्तु निर्यात गरिएको थियो ।विभागका अनुसार सबैभन्दा बढी ५३ अर्ब ९० करोड ३२ लाख रुपैयाँको डिजेल आयात गरिएको छ ।
पेट्रोल र ग्यास क्रमशस् २८ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ र २० अर्ब ६५ करोड ५८ लाख रुपैयाँ बराबरको आयात गरिएको हो । मुलुकबाट सबैभन्दा बढी गलैँचा र अलैँची निर्यात भएको छ । विभागका अनुसार साउनदेखि मङ्सिरसम्म ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको गलैँचा र ३ अर्ब ९ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुपारी, केराउ र मरीचको आयात खुला
पेट्रोलियम पाइपलाइनबाट आयात सुरु
६ महिनामा ३४ करोडभन्दा बढी मूल्यको लेज तथा कुर्कुरे आयात
९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान
वीरगञ्जबाट धान चामल आयात बढ्यो
चोभार सुक्खा बन्दरगाहबाट ५ महिनामा ४७ करोडको आयात