काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक काठमाडौँमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो ।
आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ । गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रो पार्टी कहिल्यै पनि एमसीसीको पक्षमा थिएन : नेकपा एस
नेकपा एसको ‘बन्धन फुकाउन’ कानूनकाे मस्यौदा तयार
नेकपा एसकाे केन्द्रिय नेताहरूकाे कार्यबिभाजन आज हुने
आज देखी नेकपा एसको स्थायी कमिटी बैठक
नेकपा एसको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन चुनावबाटै हुने, चुनावी प्रक्रिया सुरु
केन्द्रीय सदस्य छान्न नसकेपछि २ दिन धकेलियो नेकपा एसको बैठक