काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लो समय निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत पछिल्लो समय लगातार तरलता खिचिरहेको छ ।
बिहीबार १४ दिन अवधिको लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरण बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट अहिले पनि ७० अर्ब तरलता खिचेको छ । बिहीबार थप २० अर्ब खिच्न लागेको हो ।
बुधबार मात्रै १० अर्बको निक्षेप सङ्कलन उपकरणको म्याद सकिएको छ । मंसिर लागेपछि मात्रै निक्षेप सङ्कलन उपकरणमार्फत राष्ट्र बैंकले एक खर्ब २५ अर्ब रुपैयाँ निक्षेप खिचिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकको गर्यो तीन बैंकलाई कारबाही
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकको अध्ययन-कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल