राष्ट्रियसभा सदस्यमा नयाँलाई अवसर दिनुपर्छ : उपसभापति गुरुङ

सफल खबर संवाददाता

बुधबार, २७ मंसिर २०८०, १५ : २५
राष्ट्रियसभा  सदस्यमा नयाँलाई अवसर दिनुपर्छ : उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रियसभा सदस्यमा नयाँलाई अवसर दिनुपर्ने बताएका छन् । कांग्रेस नेता शेखर कोइराला–महामन्त्री गगन थापा समूहको बैठकमा राष्ट्रियसभामा नयाँलाई अवसर दिनुपर्ने आवाज उठेको उपसभापति गुरुङले बताए ।

बैठकको बिचमै बाहिरिएका गुरुङले भने, ‘राष्ट्रियसभामा पटकपटक अवसर पाएकालाई नभई नयाँलाई जिम्मेवारी दिनुपर्ने आवाज उठेको छ ।’ आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यको १९ पदका लागि निर्वाचन हुँदै छ । सत्ता गठबन्धनमा कांग्रेसले ९ सिट पाउने अनौपचारिक छलफलका बिच शेखर–गगन समूहको बैठक बसेको छ । 

उक्त समूहले कम्तीमा ३ जना आफूहरूले पाउनुपर्ने अडान राखेको छ  । यस्तै उपसभापति गुरुङले शेखर–गगन समूह एक ढिक्का रहेको बताए ।

प्रतिक्रिया दिनुहोस