काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई २ लाखका दरले आर्थिक सहयोग गरेको छ । कैलालीको टीकापुरमा मङ्गलवार आयोजना गरिएको कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदूत हनन गोडेर गोल्डवेरगरको उपस्थितिमा मन्त्री भट्टले ७ जना मृतकका परिवारलाई सहयोगबापतको चेक हस्तान्तरण गरे ।उक्त अवसरमा मुख्यमन्त्री शाहले पीडित परिवारलाई प्रदेश सरकारले राहत स्वरूप उक्त रकम हस्तान्तरण गरेको बताए ।
भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका १० जना नेपाली विद्यार्थीको अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा परि मृत्यु भएको थियो ।
उनीहरूमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए । कञ्चनपुरका विपिन जोशी भने अहिलेसम्म सम्पर्कमा छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
सभापति चयनका लागि तय भएको विषयगत समितिको निर्वाचन स्थगित
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
थप दुई क्रिकेट खेलाडीले तलब पाउने
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रस्तुत गरे सय दिनको उपलब्धि
२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ