काठमाडौं। बैंक तथा वित्तीय संस्थामध्येबाट राज्यलाई सबैभन्दा बढी कर तिरेर सम्मानित ग्लोबल आईएमआई बैंक लिमिटेड मुलुककै अग्रणी वाणिज्य बैंकको रूपमा स्थापित छ ।आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको यस बैंकलाई राष्ट्रिय कर दिवस, २०८० को अवसरमा आन्तरिक राजस्व कार्यालयले सम्मान समेत गरेको थियो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानसहित कदरपत्र प्रदान गरे ।मुलुकलाई यति ठूलो योगदान गर्ने बैंकका रूपमा दरिनुका पछाडि ग्लोबल आईएमईको सफल 'मर्जर हिस्ट्री' जोडिएको छ ।
'बिग मर्जर' नेपालको वित्तीय क्षेत्रमा सबैभन्दा बढी सुनिने शब्दावली हो । तर, वास्तवमै 'बिग मर्जर'को कुरा गर्ने हो भने ग्लोबल आईएमई बैंकलाई त्यसको पर्याय मान्न सकिन्छ ।सन् २०१२ मा ग्लोबल बैंक (क वर्ग), आईएमई फाइनान्सियल इन्स्टिच्युसन (ग वर्ग) र लर्डबुद्ध फाइनान्स (ग वर्ग) गाभिएर जन्मिएको ग्लोबल आईएमई बैंक त्यसपछिको झण्डै ११ वर्षमा मुलुककै अग्रणी वाणिज्य बैंकको रूपमा दरिएको छ ।
सन् २००७ सालमा ग्लोबल बैंक स्थापनाको समयलाई आधार मान्दा १६ वर्षे वित्तीय यात्रामा दर्जन बढी बैंक तथा वित्तीय संस्था गाभिइसकेका छन् ।ग्लोबल आईएमई बैंक अस्तित्वमा आएको पछिल्लो वर्ष सन् २०१३ मै सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक यसमा गाभिए । सन् २०१४ मा कमर्ज एन्ड ट्रस्ट बैंकलाई गाभ्दा ग्लोबल आईमई अझै सशक्त बन्न पुग्यो ।
त्यसपछि प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, हाथवे फाइनान्सलगायत बैंक/वित्तीय संस्थालाई आफूमा समाहित गरेको ग्लोबल आईएमईले सन् २०१९ मा 'क वर्ग'को जनता बैंकलाई गाभ्न सफल भयो ।
राष्ट्र बैंकले बिग मर्जरलाई मौद्रिक नीतिमार्फत नै प्रोत्साहन गर्न थालेपछि यो सबैभन्दा पहिलो र ठूलो मर्जर थियो । पछिल्लो समय बैंक मर्जरको लहर चल्नुलाई पनि ग्लोबल आईएमईको सफलताको प्रेरणा मान्न सकिन्छ । गएको पुस (सन् २०२३ जनवरी ९) मा बैंक अफ काठमाडौं समेत गाभिएपछि ग्लोबल आईएमई बैंक निकै सशक्त ढंगले अगाडि बढेको छ ।
अर्थमन्त्रीबाट उत्कृष्ट करदाताका रूपमा सम्मान ग्रहण गर्दै बैंकका अध्यक्ष ढकालयस संस्थामा अहिलेसम्म झण्डै २ दर्जन बैंक तथा वित्तीय संस्था गाभिइसकेका छन् ।
बैंकर्स म्यागेजिन (फाइनान्सियल टाइम्स, युकेको प्रकाशन) द्वारा नेपालका लागि 'द बैंक अफ इयर अवार्ड- २०१४', इन्टरनेसनल फाइनान्स म्यागेजिन, लन्डनबाट 'बेस्ट इन्टरनेट बैंक २०१६- नेपाल' र 'बेस्ट इम्प्लोयर अवार्ड- २०१८' बाट सम्मानित यस बैंक सन् २०२२ मा युरोमनी म्यागेजिन (अवार्ड फर एक्सिलेन्स)द्वारा 'नेपालको सर्वश्रेष्ठ बैंक' का रूपमा सम्मानित भएको छ ।
वित्तीय समावेशीकरणको एक हिस्साका रूपमा ग्लोबल आइएमई बैंकले वित्तीय संस्थाको उपस्थिति न्यून रहेका वा नपुगेका दुर्गम स्थानमा शाखारहित बैंकिङ सेवा समेत सञ्चालन गर्दै आएको छ ।
बैंकले हालसम्म ६५,००० भन्दा बढी ग्राहकलाई आफ्नो दैनिक निक्षेप जम्मा तथा निकासीको सुविधा दिनेगरी २७४ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।बैंकले हाल नेपालभरमा ३ सय ५५ शाखा र ६५ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर पनि सेवा दिइरहेको छ । बैंकका सबै शाखा पूर्ण-सेवा आउटलेटको रूपमा स्थापित छन् जसले आफ्ना ग्राहकहरूलाई ठूलो दायराको बैंकिङ सेवा प्रदान गर्दछन् ।
बैंकले ग्राहकहरूको सुविधाका लागि ३७६ स्थानमा एटीएम मशिन समेत सञ्चालन गर्दै आएको छ । अधिकृत पुँजी ५७ अर्ब ०४ करोड रहेको यस बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ मंसिर २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आईएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा ३५ जनालाई छात्रवृत्ति प्रदान
सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकको लाभांश घोषणा
ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रेग्मी र महिला सञ्चालकमा ज्ञवाली
ग्लोबल आईएमई बैंक मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनर
ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दीगो साझेदार