लेखनाथ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रसाद आलेले यस प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको बताएका छन् । नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री आलेले कृषि र पर्यटन क्षेत्रलाई प्राथामिकतामा राखेर सरकारले काम गरिरहेको बताए । प्रदेशमा पर्यटन र कृषिमा प्रचुर सम्भावना भएकाले सरकारको पहिलो प्राथामिकता राखेको उनको भनाइ थियो ।
मन्त्री आलेले कोरोनाले थला पारेको पर्यटन क्षेत्र केही मात्रामा सुधार हुँदै गरेको अवस्थामा यसको प्रवर्द्धन गर्न प्रदेश सरकारको साथ र सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गरे । “पर्यटन प्रवर्द्धन गर्ने दायित्व पर्यटन व्यवसायीको मात्र नभएर सरकारको पनि हो”, उनले भने, “जतिधेरै पर्यटन भित्र्याउन सक्यौँ त्यति नै यस क्षेत्रमा बस्ने व्यक्तिको आयआर्जन बढ्ने छ ।”
पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार गर्नुपर्ने भन्दै मन्त्री आलेले सरकारको चाहना पनि प्रदेशलाई समृद्धितर्फ अगाडि बढाउने रहेको बताए । यहाँ पर्यटकीय एवं धार्मिकस्थल प्रशस्त भएकाले स्वदेशी तथा विदेशी पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउँदै उनले पोखरालाई पर्यटन राजधानी घोषणा गर्नुपर्नेमा जोड दिए ।
स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सेवा सहज रुपमा उपलब्ध गराउने उ२ेश्यले स्थापना भएको पर्यटन यातायात व्यवसायी सङ्घले प्रभावकारी र पर्यटनमुखी काममा जोड दिनुपर्ने मन्त्री आलेको सुझाव थियो ।
पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यटकलाई सहज रुपमा यातायात सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएका पर्यटक व्यवसायीका सवारीसाधनलाई राज्यले सहज रुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन क्षेत्रमा छ खर्बको लगानी भएको हुँदा पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारको ध्यान केन्द्रित हुन जरुरी भएको बताए ।
सङ्घका केन्द्रीय अध्यक्ष बेदराज बाँस्तोलाले पर्यटन याातायातका साधनमा सरकारले विद्यमान ऐन नियम संशोधन गरी सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्नेमा जोड दिए । सङ्घका सल्लाहकार सोम थापाले उच्चस्तरको सेवा दिनुपर्ने भएकाले पर्यटन यातायातका साधनलाई सहुलियतपूर्ण ऋणमा खरिद गर्ने व्यवस्था मिलाइदिन आग्रह गरे ।
सङ्घका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको उक्त अधिवेशबाट दुई वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ मंसिर २०८०, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
गण्डकीका भौतिक मन्त्रीको सम्पत्ति : ५ सेट हिरा, ९५ तोला सुनसहित करोडौँ पर्ने जग्गा
गण्डकीका वन मन्त्री भेषबहादुरद्वारा शपथ ग्रहण