वासिङ्टन । विश्वका चर्चित नेताहरूको सूची सार्वजनिक हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै शीर्ष स्थानमा रहेका छन् । ७६ प्रतिशत अनुमोदन रेटिङका साथ उनी विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् । यसअघि पनि उनी नै शीर्ष स्थानमा थिए ।
दोस्रो सबैभन्दा लोकप्रिय नेताको मूल्याङ्कनमा १० अङ्कको भिन्नता थियो । यो सूची मोर्निङ कन्सल्टले तयार गरेको हो । मेक्सिकोका राष्ट्रपति ओब्राडोर ६६ प्रतिशत रेटिङका साथ सूचीमा दोस्रो स्थानमा छन् । स्विट्जरल्याण्डका राष्ट्रपतिको रेटिङ ५८ प्रतिशत र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाको ४९ प्रतिशत छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन यो सूचीमा सातौँ स्थानमा छन् । जो बाइडेनको अनुमोदन रेटिङ ३७ प्रतिशत छ । जुन मार्चयताकै उच्च हो । राजनीतिक खुफिया अनुसन्धान फर्मले २२ विश्वव्यापी नेताहरूको सर्वेक्षण गरेको थियो । यो सर्वेक्षण डाटा नोभेम्बर २९ र डिसेम्बर ५, २०२३ को बीच लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २३ मंसिर २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जम्मु कश्मीरको विशेषाधिकार छिन्ने मोदीको निर्णयलाई सर्वोच्चले दियो वैधता
भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै मोदीले भने - सहयोग गर्न भारत तयार छ
जी– २० मा भेट हुन नपाएका मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ताको सम्भावना कति ?
भारतीय प्रधानमन्त्री मोदी र बेलायती समकक्ष ऋषि सुनकबिच द्विपक्षीय भेटवार्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो
भारत नेपालको विकास र समृद्धिको प्रमुख साझेदार