काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताएका छन् । निर्वाचन आयोग र एसियन नेटवर्क फर फ्रि इलेक्सनको आयोजनामा बुधबारबाट काठमाडौंमा सुरु एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमको उद्घाटन गर्दै मन्त्री साउदले निर्वाचनका अनुभव र सिकाइका आधारमा लोकतन्त्र सबल बनाउनका साथै निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताएका हुन् ।
उनले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न सरकार तयार रहेको बताए । उनले नेपालमा स्वायत्त निर्वाचन आयोग र यसले समयसापेक्ष आफुलाई परिवर्तन गर्दै बिभिन्न निर्वाचनहरु सफलतापूर्वक सम्पन्न गरेको धारणा राखे ।
त्यस्तै, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई प्रभावकारी बनाउनका लागि सबैको सुझाव आवश्यक रहेको बताए । निर्वाचनलाई सहभागितामूलक बनाइ लोकतन्त्रलाई परिणाममूलक तुल्याउन साझा प्रतिबद्धतामा उनले जोड दिए ।
सम्मेलनमा एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया र न्यूजिल्याण्ड भ्रमणमा जाँदै