बुटवल। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् ।पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब पार्टी चलाउन नहुने बताएका हुन् ।
‘हामीले चलाएको गुटले पार्टी चलाउन पनि सकेनौं, सरकार पनि चलाउन सकेनौं’ भण्डारीले भने, ‘सीमानाका रक्षा गर्न पनि सकेनौं । अब देउवाले नेतृत्व छाडेर शेखरलाई दिनुपर्छ ।
चन्द्र भण्डारीले शुक्रवार नवलपरासीमा भएको कार्यक्रममा पनि समस्त कांग्रेसजन र नेपाली जनताले डा। शेखर कोइरालालाई एक पटक सभापति भएको हेर्न चाहेकोबताएका थिए ।अब कांग्रेसमा डाक्टरको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।
गुटबन्दीले संगठन वा देश नबन्ने बताउँदै उनले गुटको पछि भन्दा पनि संगठन वा देशका लागि काम गर्न आग्रह गरे ।अहिलेको अवस्थामा जनताले खोजेको काम गरेर देखाउनु जरुरी रहेको बताउँदै उनले आफूलाई लागेको भन्दा पनि जनताले खोजेको र चाहेको काम बुझेमा मात्रै सफल बन्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १६ : २२
लेखकबाट थप