तनहुँ । तनहुँमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । बुधबार बिहान पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुबाहक बस तनहुँको ब्यास नगरपालिका–२ घाँसीकुवास्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनकुटाको सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको टोपबहादुर मगर रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित ३६ जना घाइते भएका छन्। उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पताल, दमौली अस्पताल र तनहुँको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते
जनकपुरबाट लहान जाँदै गरेको बस दुर्घटना, २० बढी घाइते
गोरखामा माइक्रो बस दुर्घटना, १ जनाको मृत्यु, १४ घाइते
थाइल्याण्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु
बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना