काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आजविहान ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीकाक प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने छ । 'नियमित बैठक मंगलबार बस्नुपर्ने थियो । प्रधानमन्त्रीज्यूको व्यस्तताले बस्न सकेन । त्यसैले आज बस्न लागेको हो । आजको बैठकमा नियमति एजेण्डामाथि छलफल तथा निर्णय हुन्छ,' उनले भने ।
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै छ । बेलुका साढे ९ बजेको फ्लाइटमार्फत प्रधानमन्त्रीको टोली युएई प्रस्थान गर्ने अचार्यको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद बैठक बस्दै
राष्ट्रपतिद्वारा अर्को सरकार गठन नभएसम्म काम गरिरहन प्रचण्ड मन्त्रिपरिषदलाई कार्यभार