जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।
मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए ।
दुई/तीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला
डोटीमा पुरुषको शव फेला
सर्लाहीमा फेला पर्यो २० वर्षीय युवकको शव
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
४ दिन हराइरहेका बालकको शव नारायणी नदीमा फेला
बझाङमा २५ वर्षीय पुरुषको शव फेला