काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन् । कांग्रेस रुपन्देही जिल्लाको सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले तत्कालीन अवस्थामा सम्झौता गरेर सबै राजनीतिक दलको साझा दस्ताबेजका रूपमा संविधान आएकाले यसको सफल कार्यान्वयन नै अहिले प्राथमिक विषय भएको बताए।
‘अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन् । सबैका विचार अटाएका छन् । यो सबैको सम्झौताको दस्ताबेज भएकाले अहिले तलमाथि गर्ने र आधारभूत विषय फेर्ने प्रयास गर्नुहुँदैन । त्यस्तो भयो भने फेरि देश दुर्घटनामा जान्छ। देश फेरि हिंसाको खाडलतर्फ जान सक्छ । यसतर्फ पनि कांग्रेसलगायत ठुला दल सजग बन्नुपर्छ,’ उनी भन्छन्।
दुर्गा प्रसाईंमात्र वर्तमान परिवर्तनको बाधक नभएको टिप्पणी गर्दै नेता महरले त्यसको अपनत्व लिन नसक्ने राजनीतिक दलहरू पनि दोषी हुन् कि भन्ने प्रश्न जनतामा उठिरहेको बताए।
'संविधान निर्माण गर्ने, संविधान ल्याउन आन्दोलन गर्ने राजनीतिक दलका केही नेता संविधानमा व्यवस्था गरिएका प्रावधानको पक्षमा बोल्न र त्यसको संरक्षण गर्न नलागेको देखिन्छ,' उनले भने, 'यी र यस्ता कमजोरीहरूलाई पनि हामीले सच्याउँदै अगाडि बढ्नुपर्छ।' उनले संवैधानिक रूपमा मुलुकलाई अगाडि बढाउन नेताहरू चुक्न नहुने टिप्पणी गरेका छन्।
नेताहरू आफैँ संवैधानिक रूपमा अगाडि बढ्न नसके त्यसको असर मुलुकलाई पर्ने र जनतामा निराशा छाउने महरको भनाइ छ।
यस्तै प्रतिनिधि सभामा मिश्रित समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था हटाउनुपर्ने उनको तर्क छ। त्यसको कुनै पनि दललाई बहुमत पुगाउन बाधा गरिरहेको र त्यसले विकासमा समेत असर पुगाइरहेको उनको बुझाइ छ। समानुपातिक प्रणाली राष्ट्रिय सभामा गर्नुपर्ने महरले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा ऐन पास गर्न संसदलाई दवाव दिन आवश्यक छ : नैनसिंह महर
महाधिवेशनको मिति नतोकिँदै कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी घोषणा
सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर
कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ : नैनसिंह महर
विश्व विद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनुपर्छः नैनसिंह महर
‘प्रचण्ड’ भेट्न काँग्रेस नेता महर खुमलटारमा, प्रचण्डसँग के भयो कुराकानी ?