काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजावादी दल र समूह सम्मिलित मोर्चा गठनको प्रस्ताव गरेका छन् ।
सोमबार बिहान काठमाडौंमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले सबै राजावादी दल र समूहलाई एक ठाउँमा ल्याउनका लागि मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।
‘राजसंस्था चाहने दलहरूबीच तत्काल पार्टी एकता सम्भव नदेखिएकाले संयुक्त मोर्चा बनाएर सहकार्य गरौँ भन्ने अध्यक्षज्यूको प्रस्ताव छ,’ कमल थापाको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
स्रोतका अनुसार थापाले आजै विज्ञप्तिमार्फत मोर्चा गठनको औपचारिक आह्वान गर्ने तयारी छ ।
नेपालमा राजतन्त्र फर्काउनु पर्छ भन्ने मान्यता राख्ने दलहरूको नेतृत्व राजेन्द्र लिङदेन, कमल थापा, केशरबहादुर विष्ट लगायतले गरिरहेका छन् भने दुर्गा प्रसाई समूह बनाएर आन्दोलनमा लागेका छन् ।
राजावादीहरूले एक अर्कालाई नस्वीकार्ने र आपसमा मिल्न नसक्ने देखेपछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई मोर्चाको नेतृत्वका लागि आग्रह गर्ने तयारी भइरहेको स्रोतले बतायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुरामको हतास मानसिकता उदाङ्गो भयो : कमल थापा
पार्टी एकताका लागि राप्रपा अनुदार हुनु आश्चर्यजनक :- कमल थापा
पर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ : कमल थापा
राप्रपा नेपाललाई बलियो राष्ट्रवादी शक्ति बनाएरै छाड्छु : कमल थापा
कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन : कमल थापा
प्रधानमन्त्री ओली र कमल थापाबिच भेट, के भयो कुराकानी ?