झापा । झापामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबिच भेटवार्ता भएको छ । धुलाबारीस्थित मेची क्राउन प्लाजामा भएको आइतबार भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । तर, कुराकानीको थप विषय राप्रपाका कुनै पनि नेताले खुलाउन चाहेनन् ।
यद्यपि झापामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पूर्वराजालाई त्यसको भोलिपल्ट अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेट्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । पूर्वराजाले राजावादीहरुसँग सामुहिक भेट पनि गरेका थिए । त्यसपछि लिङ्देनसहितका राप्रपाका केन्द्रीय नेताहरुसँग उनले छुट्टै भेटवार्ता गरेका हुन् ।
सामुहिक भेटमा राजावादीहरुले वर्तमान व्यवस्थाप्रति वितृष्णा बढेको जिकिर गर्दै सबै राजावादी समूह एकजुट हुने बेला आएको समेत बताएका थिए । सामूहिक भेटपछि शाहले राप्रपाका नेताहरुसँग छुट्टै भेट गर्दा नेताहरु रामकुमार सुब्बा,रोशन कार्की, सगुन लावती, राम थापा, राजेन्द्र गुरुङलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० मंसिर २०८०, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने
भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ: ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रले भारतका उच्च नेतासँग भेट्दै