रौतहट । रौतहटमा एक युवकको शव फेला परेको छ। गौर गंगापिपरा सडकखण्ड अन्तर्गत झाँझ खोलाको निर्माणाधिन पुलको पूर्वी पिलरको रिङमा बेवारिसे अवस्थामा शुक्रवार पहिचान खुल्न नसकेका ती युवकको शव फेला परेको हो ।
यमुनामाई ४ र दुर्गा भगवती गाउँपालिका ५ को सीमानामा पर्ने उक्त नदीको पुलको पिलरको रिङभित्र अन्दाजी २४–२५ बर्षको युवकको शव विहान स्थानीयहरुले देखेर प्रहरीलाई खवर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय गौरबाट घटनास्थल पुगेका अनुसन्धान अधिकृत इन्सपेक्टर उमाशंकर गुप्ताले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला
डोटीमा पुरुषको शव फेला
सर्लाहीमा फेला पर्यो २० वर्षीय युवकको शव
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
४ दिन हराइरहेका बालकको शव नारायणी नदीमा फेला
बझाङमा २५ वर्षीय पुरुषको शव फेला