कास्की । पोखरा महागनरपालिका-२२ खाल्सेस्थित चिसाखोला बस्ने ५२ वर्षीय भेष बहादुर गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेष बहादुर गुरुङ समेत ६ जनालाई रहेका छन् । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
सो ठाउँबाट नगद ८० हजार ७ सय ९० रूपैयाँ, कौडा १६ थान, जुवा खेलाउन प्रयोग भएका अर्थिङ बक्स १ थान, अर्थिङ तार, स्टेपलाईजर १ थान, अन/अफ र प्लस/माईनस सिग्नल दिइएको थिच्दा रातो बत्ती बल्ने रिमोट २ थानसहित पक्राउ गरेको हो ।
साथै प्रहरीले गुरुङको घर तलासी गर्ने क्रममा लुकाई राखेको हर्नेट १ थान, सोको गोली २४ राउण्ड र म्यागजिन १ थान समेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
लागूऔषधसहित ४ जना पक्राउ
स्कुटर चोरीमा संलग्न दुई जना पक्राउ
रिंकु सदाय मृत्यु प्रकरण- पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
२० किलो चाँदीसहित काठमाडौँबाट ५ जना पक्राउ
रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ