लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन चौतर्फी प्रहार हुँदैछ : सभापति बानियाँ

सफल खबर संवाददाता

बुधबार, ०६ मंसिर २०८०, १३ : ५८
लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन चौतर्फी प्रहार हुँदैछ : सभापति बानियाँ

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई कमजोर बनाउन चौतर्फी प्रहार भएको बताएका छन् ।नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डीएलए) को ३४ औँ साधारण सभामा उनले मुलुकको लोकतन्त्रलाई थप सशत्त बनाउन तथा अदालतको प्रक्रियालाई थप जिम्मेबार बनाउन लाग्नुपर्ने जनाए ।

कांग्रेसलाई थप बलियो बनाउन आफूहरुले नयाँरुपमा नयाँ–पुस्तालाई तयार पार्न जिम्मेवार हुनुपर्ने बताए । कांग्रेस निकट डीएलएले पार्टीका विधि–विधान तथा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन उनले आग्रह गरे । 

 

बानियाँले भने, ‘लोकतन्त्रलाई थप बिलयो बनाउन हामीले पार्टी भित्रै अनुशासित वातावरण निर्माण गर्न कानुनी शुसासन तथा सवल र सक्षम बनाउन लाग्न पर्छ ।’

 

यस्तै उनले मुलुकको विकासका लागि आवश्यक रुपमा कांग्रेसलाई अग्रसर बनाउन पार्टीले गठबन्धन गरेको बताए । शान्ति प्रक्रिया मान्ने हो भने गठबन्धनलाई समेत मान्न पर्ने बानियाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस