तनहुँ। तनहुँमा डेंगु संक्रमितको सङ्ख्या सात हजार ९५ पुगेको छ । केही महिनाअघि फैलिएको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन ।डेंगुका बिरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ ।
दश पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार सात सय ९५ डेंगु संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।उनका अनुसार जिल्लाका अन्य नौ पालिकामा एक हजार तीन सय डेंगुबाट संक्रमित छन् ।
१४ वडा रहेको व्यास–१ मा एक हजार पाँच सय ८२, वडा नं २ मा एक हजार तीन सय ९२, वडा नं ४ मा एक हजार ३७, वडा नं ३ मा छ सय ५२ तथा वडा नं ५ मा दुई सय ७२ डेंगु संक्रमित रहेका छन् ।
त्यसैगरी व्यास–१० मा दुई सय छ, वडा नं ११ मा एक सय ७५, वडा नं ६ मा ९६, वडा नं १३ मा ९१, वडा नं ९ मा ८३, वडा नं ७ मा ७९, वडा नं १२ मा ७४, वडा नं १४ मा ३७ र वडा नं ८ मा १४ डेंगु संक्रमित छन् ।
चाडपर्वको समयमा डेंगु सङ्क्रमणले जनजीवन प्रभावित बनाएको व्यास–२ का वडाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिए । डेंगुबाट जोगिन सुत्ने समयमा झुलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् ।
लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताए । चिकित्सकको परामर्शअनुरूप औषधि सेवन गर्न, झोझिलो खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उनले सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर ३२ हजारमध्ये १३ जना डेंगु संक्रमितको मृत्यु
पाल्पामा ३९९ जनामा डेंगु संक्रमण
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
डेंगु संक्रमणबाटबाट एक शिक्षिकाको मृत्यु
सोलुमा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा डेंगु संक्रमण पुष्टि
पाल्पामा ७४ जनामा डेंगु संक्रमण