अमेरिकन डलरसहित पक्राउ

बुधबार, १३ भदौ २०७५, १२ : ०४
अमेरिकन डलरसहित पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी वृत्त लैनचौरले ६१ हजार ६२० अमेरिकन डलरसहित तीनजनालाई पक्राउ गरेको छ । 

वृत्तको टोलीले अवैधरुपमा अमेरिकन डलर लिएर हिँडिरहेको अवस्थामा सुनसरीका अमर विश्वकर्मा, पूर्वी रुकुमका धनबहादुर खड्का र काठमाडौँका रवि श्रेष्ठलाई आज साँझ पक्राउ गरेको हो । 

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अवैध रुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा खानी तथा भूगर्भ विभाग पछाडिबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो । 
नेपाल राष्ट्र बैङ्कको अनुमतिबिना मनी एक्सचेञ्जबाट रकम साटेर लिएर हिँड्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको वृत्तले जनाएको छ । 

पक्राउ परेकामध्ये विश्वकर्मा सुन पसले, श्रेष्ठ मनी एक्सचेञ्जमा काम गर्ने र खड्का विचौलिया रहेको अनुसन्धानमा खुलेको वृत्त प्रमुख केसीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस