काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकास गुरुङ्ग नियुक्त भएका छन् । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्गलाई सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित गुरुङ्ग यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाईनान्सको संचालकको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन् ।
नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले यस बैंकको उच्च ब्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहंम भूमिका रहने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू
त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको : मुख्यमन्त्री पाण्डे
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
सरकारी कामकाजको भाषासम्बन्धी विधेयकमाथि सुझाव लिइँदै