विषादीसँग सम्बन्धित प्राथमिक उपचारबारे तालिम

मंगलबार, १२ भदौ २०७५, १७ : ४०
विषादीसँग सम्बन्धित प्राथमिक उपचारबारे तालिम


चितवन । नेपाल जनस्वास्थ्य प्रतिष्ठान कृषि स्वास्थ्य र वातावरण नेपाल परियोजनाले विषादीसँग सम्बन्धित स्वास्थ्य समस्याको रोकथाम तथा प्राथमिक उपचारबारे ३ दिने तालिम भरतपुरमा सुरु भएको छ । 
जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख विजयकुमार झाको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य शाखा संयोजक जीवनकुमार श्रेष्ठ, तालिमका प्रशिक्षक डा समिर लामालगायतले मन्तव्य दिएका थिए । 
तालिममा राप्ती, खैरहनी र कालिका नगरपालिकाबाट स्वास्थ्य शाखा संयोजकहरु, शिवनगर, खैरहनी र जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य प्रमुखहरु उपस्थित भएका छन् । यसैगरी मंगलपुर, गीतानगर, जगतपुर, शुक्रनगर, भण्डारा, चैनपुर, कुमरोज र पदमपुर स्वास्थ्यचौकीका इन्चार्जहरु सहभागी भएका छन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जनस्वास्थ्य कार्यालय प्रमुख झाले व्यानर पढेर गरेका थिए ।
तालिममा २६ जना सहभागी भएका छन् । तालिमको उद्घाटन परियोजना प्रमुख सिमृन काफ्लेको अध्यक्षतामा भएको थियो । परियोजना प्रमुख काफ्लेका अनुसार स्वास्थ्यकर्मीहरुले यहाँबाट सिकेको सीपलाई आफ्नो क्षेत्रमा गएर विषादी केश लिएर आएका किसानलाई प्राथमिक उपचार र रोकथामबारे जानकारी गराउनेछन् ।   
 

प्रतिक्रिया दिनुहोस