एजेन्सी । साइबर आक्रमणका कारण अस्ट्रेलियाका धेरै बन्दरगाह सञ्चालन गर्ने विशाल कम्पनी ‘डीपी वर्ल्ड अष्ट्रेलिया’को काम तीन दिनका लागि ठप्प भएको थियाे । जसका कारण धेरै टर्मिनलको सञ्चालन नराम्ररी प्रभावित भएको छ ।
तर, आजदेखि कम्पनीको अनलाइन कारोबारमा आएको त्रुटि सच्याएर सुचारु गरिएको छ ।यो साइबर हमला शुक्रबार भएको र सोमबार बिहान ९ बजेबाट कम्पनीको अनलाइन काम सुचारु गर्न सकिने बताइएको छ ।
डिपी वर्ल्ड अस्ट्रेलियाले अष्ट्रेलिया जाने वा त्यहाँबाट सर्ने करिब ४० प्रतिशत सामानको व्यवस्थापन गर्छ। यो दुबईको सरकारी कम्पनी डीपी वर्ल्डको सहायक कम्पनी हो।यो कम्पनीले मेलबर्न, सिड्नी, ब्रिस्बेन र पर्थमा अवस्थित कन्टेनर टर्मिनलहरूको सञ्चालनलाई सम्हाल्छ।
यस्तो अवस्थामा यो साइबर हमलाले देशको व्यापारमा नराम्रो असर परेको छ । तर, यो समस्या भए पनि अष्ट्रेलियाका सुपरमार्केटमा सामानको आपूर्तिमा कुनै असर नपरेको बीबीसीले जनाएको छ ।
यी चार टर्मिनलबाट आज करिब ५ हजार कन्टेनर निस्कने कम्पनीले जनाएको छ । सरकारी साइबर सेक्युरिटी संयोजक ड्यारेन गोल्डीले तर आक्रमणकारीको पहिचान हुन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ कार्तिक २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतलाई हराउँदै अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा प्रवेश
भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा
योट दौडको क्रममा अस्ट्रेलियामा दुई जनाको मृत्यु
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
अस्ट्रेलियाको मेलबर्नमा आगलागीमा परेर नेपाली युवाको मृत्यु